गोर्खा सुपुत्री स्वस्ती विश्व प्रतिष्ठित फर्मास्यूटीकल कम्पनीको निर्देशक

लन्डन । तमु समाज यूकेकी आजीवन सदस्य स्वस्ती गुरुङ विश्वकै प्रतिष्ठित अमीकस थेराप्यूटिक्स बायो फर्मास्यूटीकल कम्पनीको औषधि सतर्कता गुणस्तर निर्देशकमा पदोन्नति भएकी छन् । गत महिनादेखि उनले कम्पनीको ‘फर्माकोभिजिलेन्स क्वालिटी डिरेक्टर’ पदमा पदोन्नति भएर लोभलाग्दो सफलता प्राप्त गरेकी हुन्। उनको नियुक्ति धेरै युवालाई उत्प्रेरणाको श्रोत हुने ठानिएको छ । स्वस्तीका पिता हरिमान गुरुङ तमु समाज […]

Feb 15, 2025 - 22:47
 0
गोर्खा सुपुत्री स्वस्ती विश्व प्रतिष्ठित फर्मास्यूटीकल कम्पनीको निर्देशक

लन्डन । तमु समाज यूकेकी आजीवन सदस्य स्वस्ती गुरुङ विश्वकै प्रतिष्ठित अमीकस थेराप्यूटिक्स बायो फर्मास्यूटीकल कम्पनीको औषधि सतर्कता गुणस्तर निर्देशकमा पदोन्नति भएकी छन् ।

गत महिनादेखि उनले कम्पनीको ‘फर्माकोभिजिलेन्स क्वालिटी डिरेक्टर’ पदमा पदोन्नति भएर लोभलाग्दो सफलता प्राप्त गरेकी हुन्। उनको नियुक्ति धेरै युवालाई उत्प्रेरणाको श्रोत हुने ठानिएको छ ।

स्वस्तीका पिता हरिमान गुरुङ तमु समाज यूकेको खेलकुद सचिव र आमा लक्ष्मी तमु समाज यूके आमा समूहकी कार्यसमिति सदस्य हुन् । उनका पिता ब्रिटिश आर्मीको क्यूजिएलआरबाट अवकास प्राप्त गोर्खा सैनिक हुन्।

तमु समाज यूकेकी एक सक्रिय सदस्य स्वस्तीले विगतमा समाजको वार्षिक सांस्कृतिक तथा परोपकारी रात्रिभोज कार्यक्रमहरूमा उद्घोषकको रूपमा महत्वपूर्ण भूमिका निभाएकी थिइन् । उनको उद्घोषण कला अत्यन्त प्रभावशाली छ। 

पदोन्नतिको अवसरमा तमु समाज यूकेले गत ८ फेब्रुअरीका दिन एक कार्यक्रम गरि स्वस्ती र उनका आभिभावकहरुलाई बधाई तथा शुभकामना दिएको छ ।  

गुरुङलाई तमु समाज यूके अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमती विमला गुरुङले गुरुङ परमपरा अनुसार खदा, फेटा, दोसल्ला ओढाई पुष्पगुच्छा दिएर बधाई तथा शुभकामना दिए । 

उक्त कार्यक्रममा तमु समाज यूकेका उपाध्यक्ष केदारबहादुर गुरुङले बधाई तथा शुभकामना पत्र वाचन गरेर सुनाएका थिए ।  

स्वस्तीका पिता हरिमान गुरुङ र आमा लक्ष्मी

यस्तो छ स्वस्तीको करिअर यात्रा: 

पोखरा महानगरपालिकामा जन्मिएकी स्वस्तीले बाल्यकाल पोखरा र काठमाडौँमा बिताइन् । सन् २००६ देखि संयुक्त अधिराज्य बेलायतको वेम्बली लन्डनमा बसोबास गर्दै आएकी गुरुङले आफ्नो करिअर टेभा फर्मास्यूटिकल्समा वरिष्ठ औषधि सुरक्षा अनुपालन अधिकृतको रूपमा सुरु गरिन्, जहाँ उनले नियामक अनुपालन र औषधि सुरक्षाको सुनिश्चिततामा महत्त्वपूर्ण भूमिका खेलिन्। 

त्यसपछि उनले सेलजिनमा गुणस्तर विशेषज्ञ र अन्तरिम पिभिक्यूए प्रवन्धकको रूपमा काम गरिन् ।

त्यसपस्चात उनी ग्राहक-केद्रित भूमिकातर्फ अघि बढ्दै प्राइम भिजिलेन्समा क्लाइन्ट क्वालिटी म्यानेजर बनिन्, जहाँ उनले गुणस्तर प्रक्रिया व्यवस्थापन गरिन् र नियामक मापदण्डलाई सुदृढ गरिन्। 

यात्रा अगाडि बढ्दै जाँदा उनले इन्टुभिजिलेन्स लिमिटेडमा क्यूए म्यानेजरको रूपमा काम गरिन् । गुणस्तर निरीक्षण र उद्योग नियमनहरू सुनिश्चित गर्नु उनको जिम्मेवारी थियो । 

बढ्दो विशेषज्ञता हासिल गरेसँगै उनी अमीकस थेराप्यूटिक्समा असोसिएट डिरेक्टर अफ पिभिक्यूएको रूपमा सामेल भइन्, जहाँ उनले कम्पनीको गुणस्तर प्रणालीमा उल्लेखनीय योगदान गरिन्। उनको नेतृत्व र योगदानलाई मान्यता दिँदै गत महिना उनलाई डिरेक्टर अफ पिभि क्वालिटीमा पदोन्नति दिइयो, जसले यस क्षेत्रमा उनको समर्पण र प्रभावलाई प्रमाणित गर्ने अवसर मिलेको छ। 

स्वस्ती गुरुङले प्रारम्भिक शिक्षा हङकङ र हाइस्कुल स्तरको शिक्षा ग्यालेक्सी पब्लिक स्कुल, ज्ञानेश्वर काठमाडौँबाट लिइन् । 

वेम्ब्ली हाइ टेक्नोलोजी कलेजबाट ‘ए लेभल’ र यूनिभर्सिटी अफ ग्रिनवीच लन्डनबाट बायोमेडिकल साइन्समा ब्याचलर्स डिग्री (अनर्स) गरेकी उनले क्र्यानफिल्ड यूनिभर्सिटी बेडफोर्डसायर यूकेबाट नानो मेडिसिन विषयमा मास्टर्स डिग्री उत्तिर्ण गरिन्। -शिव कुमार गुरुङ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register