नेपाल र भारतबीच अटोमोबाइल क्षेत्रमा सहकार्य बढाउने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित यशोभूमि कन्भेन्सन सेन्टर, द्वारकामा नेपाल र भारतका अटोमोबाइल क्षेत्रका प्रतिनिधि संस्थाहरूबीच महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतीय अटोमोटिभ कम्पोनेन्ट निर्माता संघ (एसीएमए), अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी) र नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) बीच भएको समझदारीपत्रले दुई देशबीचको अटोमोबाइल क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको सीजी होल्डिङ्सका […]

Jan 19, 2025 - 13:39
 0
नेपाल र भारतबीच अटोमोबाइल क्षेत्रमा सहकार्य बढाउने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित यशोभूमि कन्भेन्सन सेन्टर, द्वारकामा नेपाल र भारतका अटोमोबाइल क्षेत्रका प्रतिनिधि संस्थाहरूबीच महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतीय अटोमोटिभ कम्पोनेन्ट निर्माता संघ (एसीएमए), अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी) र नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) बीच भएको समझदारीपत्रले दुई देशबीचको अटोमोबाइल क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको सीजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीले जानकारी दिएका छन् ।

चौधरीका अनुसार समझदारीपत्रमार्फत नेपालमा अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्तिको विकासमा जोड दिइने उल्लेख छ।

यो समझदारीले नेपालको अटोमोबाइल उद्योगलाई थप उचाइमा पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको चौधरीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्। साथै, यसले भारतीय अटोमोबाइल कम्पनीहरूलाई नेपाली बजारमा प्रवेश गर्नका लागि थप अवसरहरू प्रदान गर्ने उनको बुझाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register