जम्मू–कश्मीरमा पाकिस्तानबाट गोलाबारी : एक सरकारी अधिकारीको मृत्यु

काठमाडौं । भारतको जम्मू–कश्मीरमा पाकिस्तानबाट भएको गोलाबारीबाट जम्मू–कश्मीरमा एक सरकारी अधिकारीको मृत्यु भएको छ । प्रशासनिक सेवामा कार्यरत कर्मचारी राजकुमार थापाको मृत्यु भएको जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार बिहान जानकरी दिएका छन् । ‘राजौरीबाट दुखद खबर । हामीले जम्मू–कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । शुक्रबार मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो […]

May 10, 2025 - 03:46
 0
जम्मू–कश्मीरमा पाकिस्तानबाट गोलाबारी : एक सरकारी अधिकारीको मृत्यु

काठमाडौं । भारतको जम्मू–कश्मीरमा पाकिस्तानबाट भएको गोलाबारीबाट जम्मू–कश्मीरमा एक सरकारी अधिकारीको मृत्यु भएको छ ।

प्रशासनिक सेवामा कार्यरत कर्मचारी राजकुमार थापाको मृत्यु भएको जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार बिहान जानकरी दिएका छन् ।

‘राजौरीबाट दुखद खबर । हामीले जम्मू–कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । शुक्रबार मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

मुख्यमन्त्री अब्दुल्लाहले राजौरी सहरमा पाकिस्तान तर्फबाट गोलाबारी जारी रहेको पनि बताएका छन् ।

‘पाकिस्तानले शनिबार गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाइएको थियो । यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो,’ उनले थपेका छन् ।

पाकिस्तानी सेनाको उद्घोष : भारतविरुद्ध बदलाको कारबाही सुरु भयो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register