नेपालमा ब्रान्ड परामर्श सेवा प्रदान गर्न क्रियो र स्ट्राटेजी सेन्ट्रलको साझेदारी

काठमाडौं । नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नाम क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडकोम समूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल)ले साझेदारी गरेका छन् । बङ्गलादेश दूतावासका कार्यवाहक मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंलगायत व्यक्तिहरूको उपस्थितिमा विभान्त काठमाडौंमा आयोजित एक कार्यक्रममा […]

Jan 20, 2025 - 08:39
 0
नेपालमा ब्रान्ड परामर्श सेवा प्रदान गर्न क्रियो र स्ट्राटेजी सेन्ट्रलको साझेदारी

काठमाडौं । नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नाम क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडकोम समूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल)ले साझेदारी गरेका छन् ।

बङ्गलादेश दूतावासका कार्यवाहक मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंलगायत व्यक्तिहरूको उपस्थितिमा विभान्त काठमाडौंमा आयोजित एक कार्यक्रममा साझेदारीको औपचारिक घोषणा गरिएको छ ।

दुवै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन् ।

यस साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न, उनीहरूलाई दीर्घकालीन दिगोपन सुनिश्चित गर्न रणनीतिहरूको मार्गदर्शन दिनेछ ।

कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडकोम समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले यस साझेदारीको महत्त्वलाई प्रकाश पारे ।

‘आजका क्लाइन्टहरुलाई विज्ञापनभन्दा बढी पनि अरु केही चाहिन्छ – उनीहरूलाई आफ्ना दर्शकहरूसँग अर्थपूर्ण योजनाहरू निर्माण गर्न रणनीतिहरू चाहिन्छ । यो मागलाई सम्बोधन गर्न स्ट्राटेजी सेन्ट्रलको स्थापना भएको थियो र क्रियोसँगको साझेदारीले नेपालमा हाम्रो विचार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

नजिम फरहान एक प्रसिद्ध उद्यमी पनि हुन्, जो प्रारम्भिक चरणको स्टार्टअप इकोसिस्टममा सक्रिय रूपमा संलग्न छन् । शार्क ट्याङ्क बङ्गलादेशमा शार्कको रूपमा उनको भूमिकाले उदीयमान व्यवसायहरूलाई समर्थन गर्ने उनको प्रतिबद्धतालाई जोड दिन्छ ।

उनले साझा गरे को यो साझेदारीले क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यसँगको उनको लामो समयको सम्बन्धलाई पनि प्रतिबिम्बित गर्दछः ‘घरेलु ब्रान्डहरू उचाइमा पुर्‍याउने हाम्रो साझा दृष्टिकोण दुई दशकभन्दा लामो समयदेखिको प्रयास हो र यसलाई आकार दिन पाउँदा म हर्षित छु ।’

क्रियोका निर्देशक र आउटरिचका संस्थापक, उजय शाक्यले घरेलु ब्रान्डहरूलाई समर्थन गर्ने कुरामा जोड दिए ।

‘नेपाल एक युनिक मार्केट हो, तर स्थानीय ब्रान्डहरूले बहुराष्ट्रिय र क्षेत्रीय ब्रान्डहरूको कडा प्रतिस्पर्धाको बिचमा आफूलाई टिकाउन अक्सर सङ्घर्ष गर्नुपर्छ । यो साझेदारी नेपाली ब्रान्डहरू स्पष्ट, सरल र प्रभावकारी रणनीतिका साथ सफल हुन सहयोग गर्न हाम्रो प्रतिबद्धता हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register