राष्ट्रपतिको शपथ लिएपछि ट्रम्पले भने – अमेरिकामा अब स्वर्ण युग सुरु भएको छ

काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा अब स्वर्ण युग सुरु भएको बताएका छन् । मङ्गलबार राति अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ लिएलगत्तै उनले अमेरिका अब स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र हुने बताए । ‘अब भविष्य हाम्रो हो । र, हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ,’ उनले भने, ‘हामी असफल हुने छैनौं […]

Jan 21, 2025 - 01:12
 0
राष्ट्रपतिको शपथ लिएपछि ट्रम्पले भने – अमेरिकामा अब स्वर्ण युग सुरु भएको छ

काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा अब स्वर्ण युग सुरु भएको बताएका छन् ।

मङ्गलबार राति अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ लिएलगत्तै उनले अमेरिका अब स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र हुने बताए ।

‘अब भविष्य हाम्रो हो । र, हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ,’ उनले भने, ‘हामी असफल हुने छैनौं । आजबाट अमेरिका स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र हुनेछ ।’

आफ्नो सम्बोधनमा ट्रम्पले विजय र सफलताको नयाँ उचाइमा पुग्ने कुरा पनि गरेका छन् ।

आफ्नो सम्बोधनमा राष्ट्रपति ट्रम्पले पानामा नहर फिर्ता लिने बताए । ‘पानामा नहर हामीले चीनलाई दिएका होइनौँ । हामी यसलाई फिर्ता लिँदैछौं ।’

रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेटिककी कमला ह्यारिसलाई हराउँदै गत नोभेम्बरमा दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

ट्रम्पले लिए शपथ, मेक्सिको सीमामा सङ्कटकाल, लाखौं आप्रवासी निकाल्ने घोषणा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register