पूर्वडीआईजी जोशी ५० लाख धरौटी बुझाएर रिहा
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले मङ्गलबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर मङ्गलबार नै रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, […]

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले मङ्गलबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर मङ्गलबार नै रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् । उनीहरूविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।
What's Your Reaction?






