अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाइँदै 

काठमाडौँ । अमेरिकाले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने भएको छ । अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्पले यस्तो आदेशमा हस्ताक्षर गरेका हुन् ।  ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । योसँगै अब जन्मेकै आधारमा अमेरिकामा नागरिकता पाइने व्यवस्थाको अन्त्य हुने बताइएको छ ।  उक्त आदेश कार्यान्वयनमा […]

Jan 21, 2025 - 04:42
 0
अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाइँदै 

काठमाडौँ । अमेरिकाले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने भएको छ । अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्पले यस्तो आदेशमा हस्ताक्षर गरेका हुन् । 

ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । योसँगै अब जन्मेकै आधारमा अमेरिकामा नागरिकता पाइने व्यवस्थाको अन्त्य हुने बताइएको छ । 

उक्त आदेश कार्यान्वयनमा आएसँगै अमेरिकामा जन्मेकै मात्र आधारमा नागरिकता पाइने छैन । तर, उक्त आदेश कार्यान्वयनमा भने अदालती लडाइँ सुरु हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । 

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेपछि विभिन्न आदेशहरूमा हस्ताक्षर गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register