उधारो असुलीसम्बन्धी कानुन तत्काल बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले साना तथा मझौला व्यवसायीहरू उधारो कारोबारबाट परेको समस्यालाई सम्बोधन गर्दै उधारो असुलीसम्बन्धी विशेष कानुन तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पराजुलीले २०७९ माघ १० गते बानेश्वर चोकमा आत्मदाह गरेका व्यवसायी प्रेम आचार्यको पीडादायी घटनालाई स्मरण गरे । उनले उक्त आत्महत्याको प्रमुख कारण […]

May 11, 2025 - 07:43
 0
उधारो असुलीसम्बन्धी कानुन तत्काल बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले साना तथा मझौला व्यवसायीहरू उधारो कारोबारबाट परेको समस्यालाई सम्बोधन गर्दै उधारो असुलीसम्बन्धी विशेष कानुन तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पराजुलीले २०७९ माघ १० गते बानेश्वर चोकमा आत्मदाह गरेका व्यवसायी प्रेम आचार्यको पीडादायी घटनालाई स्मरण गरे । उनले उक्त आत्महत्याको प्रमुख कारण उधारो कारोबारबाट असुली नहुनु, ऋणको चाङ, र मानसिक तनाव रहेको उल्लेख गर्दै भने, “१३ हजार शब्दको सुसाइड नोटमा उनले भोगेको पीडा प्रष्ट देखिन्छ । यो केवल व्यक्तिगत घटना होइन, व्यवसायीक संरचनाको गम्भीर कमजोरीको परिणाम हो ।”

उनले ठूला व्यवसायीहरू कुनै न कुनै रूपमा धम्की वा प्रभाव प्रयोग गरी उधारो असुल गर्न सक्ने भएपनि साना र मझौला व्यवसायीहरू भने चुपचाप जीवन त्याग्न बाध्य रहेको बताए । पराजुलीले उधारो व्यवसाय नेपालमा सामान्य कारोबारको हिस्सा भए पनि त्यसलाई कानुनी रुपमा नचिनिएको गुनासो गरे ।

ऊर्जामन्त्रीले संसद्‌मा उठाएको अभिव्यक्तिको सन्दर्भ दिँदै उनले भने, “यदि उधारो असुली कानुन हुन्थ्यो भने कुलमान घिसिङले पनि उधारो आम्दानी सुरक्षित गरेर राजस्व तिर्न सक्ने थिए ।”

पराजुलीले व्यवसायीक क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउने सन्दर्भमा सरकार र सम्बन्धित मन्त्रालयलाई तत्काल उधारो असुलीसम्बन्धी कानुन निर्माण गर्न निर्देशन दिन माग गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register