सप्तकोशी नदी किनारबाट गाँजा बरामद

उदयपुर, २ बैशाख । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ । बैशाख १ गते राति विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ [...] The post सप्तकोशी नदी किनारबाट गाँजा बरामद appeared first on Jhapa Online.

Apr 15, 2025 - 04:21
 0
सप्तकोशी नदी किनारबाट गाँजा बरामद

उदयपुर, २ बैशाख । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ ।

बैशाख १ गते राति विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको छ ।

उता चैत ३१ गते बेलुका झापाको प्रहरी चौकी महारानी झोडाबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका–७ का २८ वर्षीय विशाल लिम्बूलाई ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।

The post सप्तकोशी नदी किनारबाट गाँजा बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register