रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी

बुटवल । पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको जिल्ला अदालतमा बयान जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको थुनछेक बहस हुने भए पछि उनी अदालत खुल्ने वितिक्कै पुगेका थिए । उनको मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको […]

Jan 22, 2025 - 07:47
 0
रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी

बुटवल ।

पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको जिल्ला अदालतमा बयान जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको थुनछेक बहस हुने भए पछि उनी अदालत खुल्ने वितिक्कै पुगेका थिए । उनको मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।

रूपन्देही अदालतमा बयान दिनका लागि हिजो नै लामिछाने बुटवल पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register