प्रदेशसभा भवन अगाडि मधेसका मुख्यमन्त्रीको पुत्ला दहन

जनकपुरधाम । प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषासम्बन्धी विधेयकमा विभेद गरेको भन्दै मधेस प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री सतिशकुमार सिंहको पुत्ला दहन गरिएको छ । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै केही युवाले विरोध जनाएका हुन् । चार लाखभन्दा बढिले बोल्ने भाषालाई विधेयकमा नराखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए । विधेयकमा थारू भाषालाई […]

Jan 23, 2025 - 12:07
 0
प्रदेशसभा भवन अगाडि मधेसका मुख्यमन्त्रीको पुत्ला दहन

जनकपुरधाम । प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषासम्बन्धी विधेयकमा विभेद गरेको भन्दै मधेस प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री सतिशकुमार सिंहको पुत्ला दहन गरिएको छ ।

मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै केही युवाले विरोध जनाएका हुन् । चार लाखभन्दा बढिले बोल्ने भाषालाई विधेयकमा नराखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए ।

विधेयकमा थारू भाषालाई समेत नसमेटिएको भन्दै सांसद र मन्त्रीले नै विरोध जनाइसकेका छन् । उर्दु भाषी पनि विरोधमा छन् ।

विधेयकमा नेपालीबाहेक मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अङ्ग्रेजीलाई सरकारकी कामकाजको भाषाका रूपमा प्रस्तुत गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register