खोलामा डुबेर तीन बालकको मृत्यु

बागमती । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलमा डुबेर सोमबार तीन बालकको मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा डुबेर सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फलबारी दाप्चा घर भई सिस्नेरीस्थित मामा घर आएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी […]

Mar 31, 2025 - 17:05
 0
खोलामा डुबेर तीन बालकको मृत्यु

बागमती । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलमा डुबेर सोमबार तीन बालकको मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा डुबेर सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फलबारी दाप्चा घर भई सिस्नेरीस्थित मामा घर आएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिईन् । मृतक घोरासैनी दुवै दाजु भाई हुन् भने आचार्य मामाका छोरा हुन् ।

सिस्नेरी बजार पछाडि रहेको खोलामा नुहाउन गएका तीनै जना पौडी खेल्ने क्रममा डुबेका थिए । तीनै जनाको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पाटन अस्पताल पठाइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए । मृतक बालकको शव परीक्षणका लागि पाटन अस्पतालमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register