सुप्रिम सहकारी ठगी प्रकरण : दोस्रो दिनको थुनछेक बहस जारी

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा बहस चलिरहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । बिहीबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले पनि बहस गरेका थिए । अहिले जाहेरवालाको तर्फबाट बाँकी रहेका वकिलहरुले बहस गरिरहेका छन् । उनीहरुको बहस […]

Jan 24, 2025 - 06:22
 0
सुप्रिम सहकारी ठगी प्रकरण : दोस्रो दिनको थुनछेक बहस जारी

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा बहस चलिरहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

बिहीबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले पनि बहस गरेका थिए ।

अहिले जाहेरवालाको तर्फबाट बाँकी रहेका वकिलहरुले बहस गरिरहेका छन् । उनीहरुको बहस सकिएपछि रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्नेछन् ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  ।

लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register