पोखरा फाइनान्सलाई वाणिज्य बैंकले किन्ने पक्कापक्की, सम्मानजनक स्वापमा यहि महिना डिल फाइनल गर्ने तयारी !

काठमाडौं । पोखरा फाइनान्सको ‘एक्विजिसन डिल’ लगभग फाइनल भएको छ । एक वाणिज्य बैंकले फाइनान्सलाई प्राप्ति गर्ने सर्तसहित डिल फाइनल भएको हो । दबै वाणिज्य बैंकका अध्यक्षले सल्लाह गरी डिल फाइनल गरेका हुन् । स्वापका विषयमा अन्तिम सहमति नभइसकेकाले दुबै बैंकले बैंकको नाम गोप्य राखेका छन् । प्राप्तिपछि बैंकको नाम हाल सो वाणिज्य बैंकको नाम […]

Jan 26, 2025 - 06:08
 0
पोखरा फाइनान्सलाई वाणिज्य बैंकले किन्ने पक्कापक्की, सम्मानजनक स्वापमा यहि महिना डिल फाइनल गर्ने तयारी !

काठमाडौं । पोखरा फाइनान्सको ‘एक्विजिसन डिल’ लगभग फाइनल भएको छ । एक वाणिज्य बैंकले फाइनान्सलाई प्राप्ति गर्ने सर्तसहित डिल फाइनल भएको हो ।

दबै वाणिज्य बैंकका अध्यक्षले सल्लाह गरी डिल फाइनल गरेका हुन् । स्वापका विषयमा अन्तिम सहमति नभइसकेकाले दुबै बैंकले बैंकको नाम गोप्य राखेका छन् ।

प्राप्तिपछि बैंकको नाम हाल सो वाणिज्य बैंकको नाम रहेकै नाम रहने, सिइओ र अध्यक्ष पनि सो वाणिज्य बैंककै रहनेगरि सम्झौता हुन लागेको छ । स्वाप पनि बाहिर चर्चामा आएभन्दा निकै सम्मानजनक रहनेछ । सम्मानजनक स्वापमा प्राप्ति हुने भएपछि फाइनान्सको भित्री अवस्था बाहिर चर्चा चलेजस्तो गार्‍हो स्थिति नरहेको बुझ्न सकिन्छ ।

अहिले भइरहेको कुराकानीमा अन्यथा नभए छिटोमा बैशाख १ र ढिलोमा आउँदो साउन १ बाट एकीकृत कारोबार हुनेगरि अघि बढ्ने तयारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register