गगन थापाको दाबी – आजै प्रधानमन्त्री बनाए पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउँछु

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आफूसँग अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्नसक्ने भिजन रहेको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आजै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने उनको दाबी छ । थापाले भने, ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर […]

Jan 26, 2025 - 10:20
 0
गगन थापाको दाबी – आजै प्रधानमन्त्री बनाए पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउँछु

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आफूसँग अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्नसक्ने भिजन रहेको बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आजै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने उनको दाबी छ ।

थापाले भने, ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्रीभन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्न सक्छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register