सुनिल क्लबमाथि पुलिसको जित
काठमाडौं। पाँचौं टाइगर कप भलिबलमा पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल क्लबलाई पराजित गरेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा पुलिसले सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले सुनिललाई पहिलो सेटमा २५–१० र दोस्रो सेटमा २५–१३ ले पराजित गर्यो । तर, तेस्रो सेटमा पुलिस सुनिलसँग २५–२२ ले पराजित भयो […]

काठमाडौं। पाँचौं टाइगर कप भलिबलमा पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल क्लबलाई पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा पुलिसले सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पुलिसले सुनिललाई पहिलो सेटमा २५–१० र दोस्रो सेटमा २५–१३ ले पराजित गर्यो । तर, तेस्रो सेटमा पुलिस सुनिलसँग २५–२२ ले पराजित भयो । चौथो सेटमा पुलिसले सुनिललाई २५–२२ ले हरायो ।
प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो भने भारतीय क्लबको पहिलो हार ।
What's Your Reaction?






