टाइगर कप : गण्डकीले एपीएफलाई हरायो
काठमाडौं । पाँचौं टाइगर कपमा पुरुषतर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा मङ्गलबार भएको खेलमा गण्डकीले एपीएफलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा गण्डकी एपीएफसँग २३–२५ ले पराजित भयो । त्यसपछि गण्डकीले लगातार ३ सेट आफ्नो पक्षमा पार्दै जित हासिल गर्यो । गण्डकीले एपीएफलाई दोस्रो सेटमा २५–२०, […]

काठमाडौं । पाँचौं टाइगर कपमा पुरुषतर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा मङ्गलबार भएको खेलमा गण्डकीले एपीएफलाई ३–१ को सेटले पराजित गरेको हो ।
पहिलो सेटमा गण्डकी एपीएफसँग २३–२५ ले पराजित भयो । त्यसपछि गण्डकीले लगातार ३ सेट आफ्नो पक्षमा पार्दै जित हासिल गर्यो ।
गण्डकीले एपीएफलाई दोस्रो सेटमा २५–२०, तेस्रोमा २५–१९ र चौथोमा २५–१५ मा पराजित गरेको हो ।
What's Your Reaction?






