बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेला माघ २२ र २३ गते

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आगामी माघ २२ र २३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको छ । “शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित हुन लागेको मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ । मङ्गलबार पत्रकार सम्मलेन गर्दै नगरपालिकाले गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित […]

Jan 28, 2025 - 10:15
 0
बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेला माघ २२ र २३ गते

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आगामी माघ २२ र २३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको छ ।

“शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित हुन लागेको मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ ।

मङ्गलबार पत्रकार सम्मलेन गर्दै नगरपालिकाले गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक श्रमिक तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिइने जानकारी दिएको छ ।

मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् ।

कम्तीमा माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवर्द्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ ।

युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तर्क्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले बताएको छ ।

नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याइसकेको छ । इच्छुक व्यक्तिहरूले माघ २५ गतेभित्र अनलाइन वा वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register