ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालको जवाफ – पोल खुलेपछि खाल जोगाउन यस्तो हर्कत

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले लगाएको आरोपको खण्डन गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंमा आयोजित र्‍यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले राख्न लगाएको आरोप शाहीले लगाएका थिए । रिमालले “खाल जोगाउन त्यस्तै हर्कत गर्छन् !” […]

Mar 10, 2025 - 06:15
 0
ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालको जवाफ – पोल खुलेपछि खाल जोगाउन यस्तो हर्कत

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले लगाएको आरोपको खण्डन गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंमा आयोजित र्‍यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले राख्न लगाएको आरोप शाहीले लगाएका थिए ।

रिमालले “खाल जोगाउन त्यस्तै हर्कत गर्छन् !” भन्दै खण्डन गरेका हुन् ।

रिमालले अगाडि लेखेका छन्, “डिसइन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो । यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटि एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवालजवाफ गर्नु छैन । कसले कहाँ के गर्दै छ – समाचार त आएकै छ नि !”

पोखराबाट फर्किएका पूर्वराजा शाहको स्वागतमा आइतबार काठमाडौंमा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको अभियानलगायतको सहभागितामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका थिए । त्यस क्रममा जुलुसमा पूर्वराजा ज्ञानेन्द्र शाहका साथै योगीको ब्यानर पनि देखिएको थियो ।

सम्बन्धित सामग्री – 

ज्ञानेन्द्र शाहीको आरोप : राजसंस्था पक्षधरको जुलुसमा ओलीले आदित्यनाथको तस्वीर राख्न लगाएका हुन् 

राजावादीको र्‍यालीमा योगीको फोटो बोक्ने प्रदीपविक्रम राणा को हुन् ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register