९ किलो गाँजासहित पक्राउ परे क्यानडाका क्रिकेट कप्तान किर्तन

काठमाडौं । क्यानडाका क्रिकेट कप्तान निकोलस किर्तन पक्राउ परेका छन् । आइतबार एअर क्यानडाको उडानमार्फत आफ्नो जन्मस्थान ग्रान्टली एडम्स अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेबित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । २६ वर्षीय किर्तनलाई यसै साता जुन महिनामा हुने दोस्रो संस्करणको बर्मुडा स्म्याश इनभिटेशनलका लागि अन्तर्राष्ट्रिय खेलाडीका रूपमा घोषणा गरिएको थियो। टाइम्स न्यू नावका […]

Apr 4, 2025 - 09:34
 0
९ किलो गाँजासहित पक्राउ परे क्यानडाका क्रिकेट कप्तान किर्तन

काठमाडौं । क्यानडाका क्रिकेट कप्तान निकोलस किर्तन पक्राउ परेका छन् ।

आइतबार एअर क्यानडाको उडानमार्फत आफ्नो जन्मस्थान ग्रान्टली एडम्स अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेबित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

२६ वर्षीय किर्तनलाई यसै साता जुन महिनामा हुने दोस्रो संस्करणको बर्मुडा स्म्याश इनभिटेशनलका लागि अन्तर्राष्ट्रिय खेलाडीका रूपमा घोषणा गरिएको थियो।

टाइम्स न्यू नावका अनुसार विमानस्थलमा निकोलसबाट २० पाउन्ड (करिब ९.0७ किलो) गाँजा बरामद भएको थियो । २ आउन्स अर्थात् ५७ ग्राम गाँजा बोक्नलाई अपराधिक गतिविधिका रुपमा नलिएपनि सार्वजनिक रुपमा भेटिएमा जरिमाना तिराइन्छ । जसअनुसार किर्तनले १६० गुणा बढी गाँजा बोकेको पाइएको छ ।

बिहीबार क्रिकेट क्यानडाले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा उनीहरू घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको र राष्ट्रिय टोली उत्तर अमेरिकी कपको तयारीमा जुटिरहेको उल्लेख गरेको छ । यसलाई पादर्शी रुपमा जानकारी गराइने पनि क्रिकेट क्यानडाले बताएको छ ।

बर्मुडा क्रिकेट बोर्डले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

किर्तनले दुई वर्षअघि बरमुडामा आयोजित क्षेत्रीय छनोट प्रतियोगितामा क्यानडालाई २०२४ को आईसीसी विश्वकपका लागि अमेरिकाज क्षेत्रको दोस्रो स्थान दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनकी आमा क्यानाडेली भएकाले उनी वेस्ट इन्डिज र क्यानाडा दुवैका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न योग्य छन्।

२०२४ जुलाईमा उनी क्यानडाका कप्तान नियुक्त भएका थिए र अन्तिम पटक मार्च १५ मा वान्डरर्स क्रिकेट मैदानमा नामिबियासँग डकवर्थरलुईस विधिबाट १२ रनले हार व्यहोरेका थिए।

किर्तन नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सबाट खेलेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register