कोशी प्रदेशको खानेपानी तथा सरसफाइ विधेयक स्वीकृत

झापा, १५ माघ । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ । उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गर्नुभएको थियो । सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसअघि शून्य समयमा मुलुकको [...] The post कोशी प्रदेशको खानेपानी तथा सरसफाइ विधेयक स्वीकृत appeared first on Jhapa Online.

Jan 28, 2025 - 10:37
 0
कोशी प्रदेशको खानेपानी तथा सरसफाइ विधेयक स्वीकृत

झापा, १५ माघ । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ । उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गर्नुभएको थियो ।

सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसअघि शून्य समयमा मुलुकको समसामयिक विषयबारे प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, मानबहादुर लिम्बू, डोलमा तामाङ, शीला दीक्षित कार्की, विद्या चाम्लिङ राई, कमला थापा मगर र सविना बजगाईँले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का इन्द्रमणि पराजुलीले प्रदेश सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर स्पष्ट शिक्षा नीति बनाउनुपर्ने बताउनुभयो । समृद्धिको आधार शिक्षा नै भएकाले दक्ष तथा योग्य जनशक्ति उत्पादन गर्न स्पष्ट शिक्षा नीतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का राजन किराँतीले सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले ताप्लेजुङ घटनाबाट सरकारले पाठ सिक्नुपर्नेभन्दा दिगो विकासका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो । स्थानीयले रुचि नदेखाएसम्म केबलकार निर्माण कार्य रोक्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

यसैगरी नेपाली काँग्रेसकी शोभा चेम्जोङले पर्यटन क्षेत्रको विकास गर्न केबलकार योजनालाई अस्वीकार गर्न नमिल्ने बताउनुभयो । उहाँले केबलकार सञ्चालन गर्दा त्यसबाट प्राप्त हुने लाभ स्थानीयको मागअनुसार खर्च गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशसभाको अर्को बैठक यही माघ २१ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।

The post कोशी प्रदेशको खानेपानी तथा सरसफाइ विधेयक स्वीकृत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register