जुम्लामा भूमि आयोगको कार्यालय स्थापना
जुम्ला । जुम्लास्थित जिल्ला समन्वय समितिमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । आयोगका नवनियुक्त जिल्ला अध्यक्ष सुरतबहादुर शाहीले कार्यालय स्थापनापछि बुधबार नै कार्यभारसमेत सम्हालेका छन् । अध्यक्ष शाहीले जिल्लामा विद्यमान भूमिसम्बन्धी समस्या समाधानमा गम्भीरतापूर्वक काम गर्ने बताए । सरकारले भूमिहीन दलित अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समधान गर्न देशका ७७ वटै जिल्लामा […]

जुम्ला । जुम्लास्थित जिल्ला समन्वय समितिमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । आयोगका नवनियुक्त जिल्ला अध्यक्ष सुरतबहादुर शाहीले कार्यालय स्थापनापछि बुधबार नै कार्यभारसमेत सम्हालेका छन् ।
अध्यक्ष शाहीले जिल्लामा विद्यमान भूमिसम्बन्धी समस्या समाधानमा गम्भीरतापूर्वक काम गर्ने बताए । सरकारले भूमिहीन दलित अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समधान गर्न देशका ७७ वटै जिल्लामा भूमि आयोग गठनगरी एक जना अध्यक्ष तथा तीन जना विज्ञ सदस्य नियुक्त गरेको छ ।
भूमि आयोग जुम्लाका विज्ञ सदस्य नियुक्त हुन अझै बाँकी छ ।
What's Your Reaction?






