त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक
काठमाडौं । आज (बिहीबार)देखि सुरु हुने नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा […]
![त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक](https://www.nepalviews.com/wp-content/uploads/2025/01/t-20-Trophy-2-scaled-e1738196382775.jpg)
काठमाडौं । आज (बिहीबार)देखि सुरु हुने नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेकी हुन् ।
पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरिन् । उनले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताइन् ।
यस्तै, नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरे । शृङ्खलाका लागि क्यानले बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।
बिहीबारदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।
What's Your Reaction?
![like](https://hamroglobalmedia.com/assets/img/reactions/like.png)
![dislike](https://hamroglobalmedia.com/assets/img/reactions/dislike.png)
![love](https://hamroglobalmedia.com/assets/img/reactions/love.png)
![funny](https://hamroglobalmedia.com/assets/img/reactions/funny.png)
![angry](https://hamroglobalmedia.com/assets/img/reactions/angry.png)
![sad](https://hamroglobalmedia.com/assets/img/reactions/sad.png)
![wow](https://hamroglobalmedia.com/assets/img/reactions/wow.png)