नेको इन्स्योरेन्समा जागिरको अवसर, कसरी दिने आवेदन ? 

काठमाडौँ । नेको इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले केन्द्रीय कार्यालयमा चिफ अपरेटिङ अफिसर (सिओओ), काठमाडौँ उपत्यकाका लागि शाखा प्रबन्धक, सुपरभाइजर, सिनियर अफिसर र जुनियर अफिसर पदका लागि कर्मचारी मागेको हो ।  सिओओ पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको र बैंकिङ क्षेत्रमा १० वर्ष अनुभव भएकोले आवेदन दिन पाउनेछन् […]

Jan 30, 2025 - 09:16
 0
नेको इन्स्योरेन्समा जागिरको अवसर, कसरी दिने आवेदन ? 

काठमाडौँ । नेको इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले केन्द्रीय कार्यालयमा चिफ अपरेटिङ अफिसर (सिओओ), काठमाडौँ उपत्यकाका लागि शाखा प्रबन्धक, सुपरभाइजर, सिनियर अफिसर र जुनियर अफिसर पदका लागि कर्मचारी मागेको हो । 

सिओओ पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको र बैंकिङ क्षेत्रमा १० वर्ष अनुभव भएकोले आवेदन दिन पाउनेछन् । 

त्यस्तै, शाखा प्रबन्धक पदमा स्नातक/स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मार्केटिङ क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । त्यस्तै, सुपरभाइजर पदका लागि शैक्षिक योग्यता २ उत्तीर्ण तोकिएको छ भने उमेरहद ३० वर्ष तोकिएको छ । 

त्यस्तै, सिनियर अफिसर र जुनियर अफिसरका लागि आवेदन दिनेले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक/स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ भने मार्केटिङमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ । इस्योरेन्समा जागिर खान इच्छुकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register