माओवादी केन्द्रले अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने, सामाजिक सञ्जालसम्बन्धी विधेयक केल्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भने, “हामीले अध्यादेश अस्वीकार गर्ने सूचना दिनेछौँ । नियमावलीअनुसार सूचना दर्ता गर्नेछौँ ।” अध्यादेश ल्याउने सरकारको प्रक्रिया नै गलत भएको माओवादी केन्द्रको निष्कर्ष छ […]

Jan 30, 2025 - 11:10
 0
माओवादी केन्द्रले अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने, सामाजिक सञ्जालसम्बन्धी विधेयक केल्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, “हामीले अध्यादेश अस्वीकार गर्ने सूचना दिनेछौँ । नियमावलीअनुसार सूचना दर्ता गर्नेछौँ ।”

अध्यादेश ल्याउने सरकारको प्रक्रिया नै गलत भएको माओवादी केन्द्रको निष्कर्ष छ । छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्दै सरकारको अभिव्यक्ति जनतालाई भ्रममा राख्न मात्र खोजिएको पाण्डे बताउँछन् ।

यस्तै, सामाजिक सञ्जालसम्बन्धी विधेयकमा पनि बैठकमा छलफल भएको छ । पाण्डेले भने, “त्यो विधेयकमा सजायबारे छलफल भएको छ । अहिले राष्ट्रियसभामा भएकोले हामी त्यसलाई केल्याएर निर्णय गर्नेछौँ ।”

प्रमुख प्रतिपक्षी दलको हैसियतले संसद् बैठकलाई थप प्रभावकारी कसरी बनाउने विषयमा छलफल भएको पाण्डेले बताए । सशक्त ढङ्गले प्रस्तुत हुने निर्णय बैठकले निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register