सामाजिक सञ्जाल विधेयकले शिक्षा, स्वास्थ्य र कला क्षेत्रमा डिपफेकको सकारात्मक प्रयोग पनि निषेध
काठमाडौं । सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकले शिक्षा, स्वस्थ र कला क्षेत्रमा समेत प्रयोग गर्न नपाउने गरी डिपफेकमाथि प्रति लगाउने देखिएको छ । विधेयकको दफा २६ मा डिपफेक भिडिओमाथि सोलोडोलो रूपमा रोक लगाउने जोखिम देखिएको हो । उक्त दफामा डिपफेक भिडिओ अपलोड वा प्रसार गर्न नहुने भनिएको छ । “कसैले सामाजिक सञ्जालको प्रयोग गरी डिपफेक भिडिओ अपलोड वा प्रसार गर्नु हुँदैन,” सो दफाको उपदफा (१) मा भनिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी कुनै व्यक्तिको अनुहार, आवाज वा हाउभाउलाई नक्कल वा प्रतिस्था...

What's Your Reaction?






