लन्डनमा १२ मध्ये १ जना अवैध आप्रवासी

लन्डन । लन्डनमा १२ मध्ये १ जना अवैध आप्रवासी बसोबास गरिरहेको तथ्यांक सार्वजनिक भएको छ । बेलायतको प्रमुख युटिलिटी कम्पनी थेम्स वाटरले गरेको एक अध्ययनले सो तथ्यांक पुष्टि गरेको हो । सार्वजनिक तथ्यांक अनुसार करिब ७० लाख जनसंख्या रहेको लन्डनमामात्र ८ प्रतिशत बढी अर्थात ५ लाख ८५ हजार मानिस अवैध रुपमा बस्दै आएको बताइएको छ […]

Feb 1, 2025 - 13:45
 0
लन्डनमा १२ मध्ये १ जना अवैध आप्रवासी

लन्डन । लन्डनमा १२ मध्ये १ जना अवैध आप्रवासी बसोबास गरिरहेको तथ्यांक सार्वजनिक भएको छ ।

बेलायतको प्रमुख युटिलिटी कम्पनी थेम्स वाटरले गरेको एक अध्ययनले सो तथ्यांक पुष्टि गरेको हो । सार्वजनिक तथ्यांक अनुसार करिब ७० लाख जनसंख्या रहेको लन्डनमामात्र ८ प्रतिशत बढी अर्थात ५ लाख ८५ हजार मानिस अवैध रुपमा बस्दै आएको बताइएको छ । यद्यपि होम अफिसले भने कुनै संख्या सार्वजनिक गरेको छैन् ।

टेलिग्राफले प्राप्त गरेको प्रतिवेदन अनुसार अधिकांश गौरकानूनी आप्रवासीहरु भिजिटर वा कामको भिसामा प्रवेश गरेर ‘ओभरस्टे’ बस्ने गरेको पाइएको छ । अवैध आप्रवासीहरुको संख्या कटौती गर्न सरकारलाई दवाब आइरहेको बेला बेलायतमा करिब १० लाख मानिस अवैध रुपमा बस्दै आएको विश्वास गरिएको छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्दै लाखौं आप्रवासीलाई देश निकालाको अभियान संचालन गरिरहंदा बेलायतका अवैध आप्रवासीहरुको सम्बन्धमा पनि कडा नीति लागू गरिनुपर्ने धारणा सार्वजनिक भएका छन् ।

छायाँ गृहमन्त्री क्रिस फिलिपले हालै सार्वजनिक भएको अवैध आप्रवासीको तथ्यांक अत्यन्त चिन्ताजनक रहेको बताएका छन् । अवैध आप्रवासीका कारण लन्डनमा करदाताबाट प्राप्त सार्वजनिक पूर्वाधार र सेवाको दुरुपयोग भइरहेको हुँदा पूर्ण रुपमा अस्वीकार्य रहेको रिफर्म यूकेका डिपुटी लिडर रिचर्ड टाइसले बताएका छन् ।

सिमाना बलियोसंग नियन्त्रण गर्ने र कानूनी रुपमा यहाँ आउनेलाई स्वागत गरिनुपर्ने अधिकारीहरुले बताएका छन् । अवैध आप्रवासीका कारण युटिलिटी, आवास, स्वास्थ्य सेवा अन्तर्गत एनएचएस, जीपी, शल्यक्रिया तथा विद्यालयलगायतका विभिन्न क्षेत्रमा नराम्रो असर पुगेको माइग्रेशन वाचका अध्यक्ष अल्प मेहमेटको धारणा छ ।

सन् २०२५ को पहिलो तीनसातामा मात्र १ हजार भन्दा बढी मानिस गैरकानूनी रुपमा डुंगामार्फत च्यानल पार गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register