नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य, सीताको फाइफर

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १४० रन बनाएको हो । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सका लागि कप्तान बाबिटे डे लिडेले ४१ रन बनाइन् । नेपालका लागि सीता राना मगरले फाइफर लिइन् […]

Feb 2, 2025 - 08:06
 0
नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य, सीताको फाइफर

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १४० रन बनाएको हो ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सका लागि कप्तान बाबिटे डे लिडेले ४१ रन बनाइन् ।

नेपालका लागि सीता राना मगरले फाइफर लिइन् । उनले एकै ओभरमा ३ विकेटसमेत लिइन् । उनले १७.१, १७.३ र १७.५ ओभरमा ३ विकेट लिएकी थिइन् । साथै, १९.३ र १९.५ ओभरमा पनि विकेट लिइन् ।

मनिषा उपाध्यायले २ तथा कविता जोशी र कप्तान इन्दु बर्माले १–१ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register