वामदेवको आक्रोश: अध्यादेश नानीबाबुहरूले घरपुतली खेलेजस्तो विषय होइन

काठमाडौँ । राष्ट्रिय सभा सांसद वामदेव गौतमले अध्यादेश नानीबाबुहरूले घरपुतली खेलेजस्तो विषय नभएको बताएका छन् । अइतबार राष्ट्रिय सभा बैठकमा अध्यादेशको सैद्धान्तिक पक्षबारे आफू जानकार रहेको भन्दै उनले यो उनले यस्ता विषयमा सदनको समय धेरै खर्च गर्नु उचित नमानिने धारणा राखेका हुन् । ‘अध्यादेश मुख्यतः राज्यसञ्चालन सत्ताधारीलाई सकारात्मक सहयोग पुग्ने गरी निर्माण गरिएको संवैधानिक संरचना […]

Feb 2, 2025 - 09:45
 0
वामदेवको आक्रोश: अध्यादेश नानीबाबुहरूले घरपुतली खेलेजस्तो विषय होइन

काठमाडौँ । राष्ट्रिय सभा सांसद वामदेव गौतमले अध्यादेश नानीबाबुहरूले घरपुतली खेलेजस्तो विषय नभएको बताएका छन् । अइतबार राष्ट्रिय सभा बैठकमा अध्यादेशको सैद्धान्तिक पक्षबारे आफू जानकार रहेको भन्दै उनले यो उनले यस्ता विषयमा सदनको समय धेरै खर्च गर्नु उचित नमानिने धारणा राखेका हुन् ।

‘अध्यादेश मुख्यतः राज्यसञ्चालन सत्ताधारीलाई सकारात्मक सहयोग पुग्ने गरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्छ,’ उनले भने, ‘संविधान बमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने कुरामा कुनै बारबन्देज संविधानमा छैन। तर नानीबाबुहरूले घरपुतली खेलेजस्तो विषय पनि होइन ।’

उनले अध्यादेश जारी गर्दा प्रतिपक्षीलाई पनि साथमा लिनु राम्रो संस्कार मानिने बताए । तर आफू भने सरकारले हालै ल्याएको अध्यादेशको पक्ष र विपक्ष दुवैमा नलागेको बताए।

साथै, गौतमले नेपाली कांग्रेस र नेकपा (एमाले) को खिचडी राजनीति बहिष्कार गर्नुपर्ने बताए । ‘खिचडी राजनीतिक के हो भने कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी; दुइटाका सिद्धान्त फरक छन् । कहिले चुनाव पनि सँगै गरेको छ, कहिले सरकार सँगै गरेको छ,’ उनले भने, ‘जनताको बीचमा गएर त्यही भन्नुभएको हो ? यदि जनताका बीचमा फरक किसिमले गएका छौं भने निर्माण पनि फरक किसिमले गर्नुपर्छ । जनताले जाँच्न पाउनुपर्छ । माघेसंक्रान्तिमा खिचडी चाहिन्छ अरू बेला खिचडी राजनीति चाहिँदैन, यसलाई बहिष्कार गरौं।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register