एआई टुलको प्रयोगबाट बाल यौन दुर्व्यवहार गर्ने विरूद्ध कानुन ल्याउने पहिलो देश बन्यो बेलायत
काठमाडौं । बेलायत एआई टुलहरूको प्रयोग गरेर बालबालिकाको अश्लील तस्विर बनाउने कार्य विरुद्ध कानुन ल्याउने पहिलो देश बनेको छ । गत शनिबार बेलायती सरकारले एआई टुलहरूको प्रयोग गरेर अपमानजनक तस्विर निर्माण गर्नु र वितरण गर्नु गैर कानुनी हुने कुरा तय गरेको हो । यस्ता कार्य गर्नेलाई पाँच वर्षसम्म कैद सजाय हुन सक्ने जनाइएको छ । “एआई टुलहरूको प्रयोग गरेर बालबालिकाको वास्तविक तस्विर ‘नग्न’ बनाएर यौन दुर्व्यवहार गर्ने, नग्न तस्विरमा बालबालिकाको अनुहार राख्ने काम भइरहेका छन्,” सरकारले भनेको छ । ...

What's Your Reaction?






