क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट
काठमाडौं । आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘क्यान इन्फोटेक २०२५’ मा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रविष्ट (लाइभ इनरोलमेन्ट) हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले क्यान इन्फोटेकमा छुट्टै दर्ता स्टेसन सञ्चालन गरी यो सेवा दिन लागेको हो । दर्ता स्टेसनमा सेवाग्राहीले आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराएपछि तत्कालै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सक्नेछन् । विभागका अनुसार हालसम्म एक करोड ६० लाखभन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्र नम्बर पाइसकेका छन् । अब...

What's Your Reaction?






