अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतकको बैठक
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल गर्न बैठक बोलाएका छन् । सभामुखको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको छ । सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूबाट चर्को विरोध भइरहेको छ । बिहीबार संसद बैठक बस्ने भएपछि त्यसअघि सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल […]

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।
सभामुखको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।
सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूबाट चर्को विरोध भइरहेको छ । बिहीबार संसद बैठक बस्ने भएपछि त्यसअघि सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।
What's Your Reaction?






