सहारा सहकारी ठगी मुद्दा : रवि लामिछानेको बयान सकियो
काठमाडौं । सहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दाको अभियोग लागेका रवि लामिछानेको बयान सकिएको छ । चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान बुधबार बिहान पौने १२ बजेदेखि सुरु भएको थियो । भर्खरै बयान सकिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । आजैदेखि थुनछेक बहस सुरु गर्ने तयारी भइरहेको छ । सहारा चितवनको रकम […]

काठमाडौं । सहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दाको अभियोग लागेका रवि लामिछानेको बयान सकिएको छ ।
चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान बुधबार बिहान पौने १२ बजेदेखि सुरु भएको थियो ।
भर्खरै बयान सकिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । आजैदेखि थुनछेक बहस सुरु गर्ने तयारी भइरहेको छ ।
सहारा चितवनको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मङ्गलबार मुद्दा दर्ता भएको थियो । व्यक्तिबाहेक ६ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।
प्रतिवादीमा लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् ।
What's Your Reaction?






