राजस्व चुहावट नियन्त्रणमा महासङ्घले गर्‍यो सहकार्यको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको आर्थिक विकास र सञ्चालनको आधार राजस्व क्षमतामा निर्भर रहने बताएका छन्। महासङ्घ  सचिवालयमा आयोजित “राजस्व चुहावट नियन्त्रण र भिसिटिएस सम्बन्धि” अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले बलियो अर्थतन्त्र निर्माणका लागि आन्तरिक स्रोतको प्रभावकारी परिचालनको महत्त्वमा जोड दिएका हुन् । ढकालले अपेक्षित राजस्व संकलनका लागि उद्योग व्यवसायमैत्री […]

Feb 5, 2025 - 13:21
 0
राजस्व चुहावट नियन्त्रणमा महासङ्घले गर्‍यो सहकार्यको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको आर्थिक विकास र सञ्चालनको आधार राजस्व क्षमतामा निर्भर रहने बताएका छन्।

महासङ्घ  सचिवालयमा आयोजित “राजस्व चुहावट नियन्त्रण र भिसिटिएस सम्बन्धि” अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले बलियो अर्थतन्त्र निर्माणका लागि आन्तरिक स्रोतको प्रभावकारी परिचालनको महत्त्वमा जोड दिएका हुन् ।

ढकालले अपेक्षित राजस्व संकलनका लागि उद्योग व्यवसायमैत्री वातावरण आवश्यक रहेको बताए। उनले वैध व्यवसाय गर्नेहरु पनि नियमनकारी निकायको अनुगमनको नाममा अनावश्यक झमेलामा पर्ने गरेको गुनासो व्यवसायीहरुबाट आउने गरेको उल्लेख गरे। यसले व्यवसायीको समय र आर्थिक भार बढ्ने तथा प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने उनको भनाइ थियो।

अध्यक्ष ढकालले अर्थतन्त्र चलायमान भई बजारमा माग वृद्धि भएमा मात्र आर्थिक गतिविधि बढ्ने, उत्पादन तथा व्यवसायमा सुधार आउने र राजस्व संकलनमा वृद्धि हुने बताए। उनले हालै जारी अध्यादेशबाट राजस्व चुहावट ऐन २०५२ का केही प्रावधानहरुमा संशोधन भएको र यसले व्यवसायिक वातावरण निर्माणमा थप सहयोग पुग्ने विश्वास निजी क्षेत्रले लिएको जानकारी दिए।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले सरकार र निजी क्षेत्र दुवैको उद्देश्य वैध व्यापारलाई प्रोत्साहन गरी अवैध र अनौपचारिक व्यापारलाई नियन्त्रण गर्ने भएकोले सहकार्यबाट मात्रै त्यो कार्य सम्भव रहेको बताए। विभागको उद्देश्य कसैलाई दुःख दिने नभई नियमन र सहजीकरण भएको उल्लेख गर्दै उनले विद्यमान नीति नियमका बारेमा व्यवसायीहरुमा अन्यौल भए सहजीकरण गर्न आफूहरु तयार रहेको बताए।

कार्यक्रममा व्यवसायीहरूले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन गुणस्तरीय प्रविधिको प्रयोगलाई थप व्यवस्थित, झन्झटरहित र युजरमैत्री बनाउनुपर्नेमा जोड दिए।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register