अर्जेन्टिना पनि विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा

अर्जेन्टिनाले पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने घोषणा गरेको छ । गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ लगत्तै गरेका केही कार्यकारी निर्णयमा डब्लुएचओबाट बाहिरिने सम्वन्धी पनि थियो । अर्जेन्टिनी राष्ट्रपति जेभियर माइलीका प्रवक्ता म्यानुएल एडोर्नीले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा अर्जेन्टिना डब्लुएचओबाट बाहिरिने प्रक्रियामा अघि बढी सकेको बताए । उनले राष्ट्रपतिले विदेश मन्त्री […]

Feb 5, 2025 - 16:59
 0
अर्जेन्टिना पनि विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा

अर्जेन्टिनाले पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने घोषणा गरेको छ ।

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ लगत्तै गरेका केही कार्यकारी निर्णयमा डब्लुएचओबाट बाहिरिने सम्वन्धी पनि थियो ।

अर्जेन्टिनी राष्ट्रपति जेभियर माइलीका प्रवक्ता म्यानुएल एडोर्नीले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा अर्जेन्टिना डब्लुएचओबाट बाहिरिने प्रक्रियामा अघि बढी सकेको बताए । उनले राष्ट्रपतिले विदेश मन्त्री गेरार्डो जेर्थेनलाई विश्व स्वास्थ्य संगठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारे ।

‘हामी अर्जेन्टिनीहरुले हाम्रो स्वास्थ्यमा त परको कुरा हाम्रो सार्वभौमितामा हस्तक्षेप गर्न कुनै अन्तराष्ट्रिय संस्थालाई अनुमति दिने छैनौं,’ राष्ट्रपतिका प्रवक्ता एर्डोनीले पत्रकार सम्मेलनमा भने । रोएटर्सका अनुसार अर्जेन्टिनी राष्ट्रपति माइलीको अमेरिकी राष्ट्रपति ट्रम्पसंग नजिकको सम्वन्ध छ ।

ट्रम्पले डब्लुएचओबाट बाहिरिने निर्णय गरेपछि उनी पनि सोही बाटोमा अघि बढेको विश्लेषकहरु बताउँछन् । तर, ट्रम्पको डब्लुएचओबाट बाहिरिने निर्णयको भने चौतर्फी आलोचना भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register