पाकिस्तानी सेनाको उद्घोष : भारतविरुद्ध बदलाको कारबाही सुरु भयो

काठमाडाैं । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले भारतविरुद्ध प्रत्याक्रमण सुरु गरेको उद्घोष गरेकाे छ । पाकिस्तानले भारतले आफ्ना तीन सैन्य हवाई अड्डालाई निशाना बनाएको आरोप लगाउँदै अब त्यसको बदला लिने कारबाही सुरु गरेको जनाएको छ । आईएसपीआरका अनुसार पाकिस्तानले बदलाको कारबाहीलाई ’अपरेसन बन्यान मार्स’ नाम दिएको छ । पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीन सैन्य […]

May 10, 2025 - 03:19
 0
पाकिस्तानी सेनाको उद्घोष : भारतविरुद्ध बदलाको कारबाही सुरु भयो

काठमाडाैं । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले भारतविरुद्ध प्रत्याक्रमण सुरु गरेको उद्घोष गरेकाे छ ।

पाकिस्तानले भारतले आफ्ना तीन सैन्य हवाई अड्डालाई निशाना बनाएको आरोप लगाउँदै अब त्यसको बदला लिने कारबाही सुरु गरेको जनाएको छ ।

आईएसपीआरका अनुसार पाकिस्तानले बदलाको कारबाहीलाई ’अपरेसन बन्यान मार्स’ नाम दिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूमा मिसाइल प्रहार गरेको बताएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले सरकारी टेलिभिजनमा भने ‘हामी जवाफ दिनेछाैं ।’

पाकिस्तानी सेनाको वायु रक्षा प्रणालीले भारतका अधिकांश क्षेप्यास्त्र खसालेको उनको दाबी छ । ‘देशको सेना पूर्ण रूपमा तयार छ,’ उनले भने ।

पाकिस्तानले निशाना बनाएको दाबी गरेको सैन्य विमानस्थलमध्ये एक रावलपिण्डीमा रहेको नूर खान हो, जुन पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर टाढा छ ।

पाकिस्तानको यी दाबीहरूमा भारतले अहिलेसम्म केही भनेको छैन ।

भारतीय रक्षा मन्त्रालयले भन्यो : बारामुल्लादेखि भुजसम्म २६ स्थानमा शंकास्पद ड्रोन देखियो

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register