विश्वविद्यालय खेलकुद : ८०० मिटर दौडमा त्रिवि पहिलो

काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् । विकासले निर्धारित दूरी २ मिनेट १०.११ सेकेण्डमा पार गरे भने राज्यलक्ष्मिले २ मिनेट ३५.३४ सेकेण्ड लगाइन् । यस्तै, मध्यपश्चिमान्चल विश्वविद्यालयका भरत राना र हिमाली […]

Feb 6, 2025 - 06:24
 0
विश्वविद्यालय खेलकुद : ८०० मिटर दौडमा त्रिवि पहिलो

काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।

त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् । विकासले निर्धारित दूरी २ मिनेट १०.११ सेकेण्डमा पार गरे भने राज्यलक्ष्मिले २ मिनेट ३५.३४ सेकेण्ड लगाइन् ।

यस्तै, मध्यपश्चिमान्चल विश्वविद्यालयका भरत राना र हिमाली शाही दोस्रो भए । भरतले २ मिनेट १३.९१ सेकेण्ड र शाहीले २ मिनेट  ५८.६५ सेकेण्डमा दूरी पार गरेका थिए ।

यस्तै, सुदूरपश्चिमान्चल विश्वविद्यालयका निपूर्ण चन्द र गण्डकी विश्वविद्यालयकी कृति गिरी तेस्रो भएका छन् ।

महिला लङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे प्रथम, हिमाली साही मध्यपश्चिमान्चल विश्वविद्यालय दोस्रो र त्रिभुवनकी विना थापा तेस्रो भएका छन् ।

यता पुरुष २०० मिटर दौडमा सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवनका प्रकाश जोशी दोस्रो र काठमाडौं विश्वविद्यालयका विकास कुमार शाह तेस्रो भएका छन् ।

महिला २०० मिटरमा त्रिभुवनका विना थारु प्रथम र आकृती चौधरी दोस्रो भइन् भने लुम्विनी विश्व विद्यालयकी मनिष कुँवर क्षेत्री तेस्रो भइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register