रविविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउनसक्ने
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । साहारा सहकारीको रकम हिनामिना मुद्दामा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सकिएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । आजै आदेश आउनसक्ने अनुमान छ । अब अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक […]

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।
साहारा सहकारीको रकम हिनामिना मुद्दामा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सकिएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
आजै आदेश आउनसक्ने अनुमान छ । अब अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।
What's Your Reaction?






