भेरी नदीमा बेपत्ता २ मध्ये १ को शव निकालियो

सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले बिहीबार निकालेको छ ।

Feb 6, 2025 - 11:29
 0
भेरी नदीमा बेपत्ता २ मध्ये १ को शव निकालियो
काठमाडौँ। 

सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले बिहीबार निकालेको छ ।

पुर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ बर्षिय अनिल घर्ति र १८ बर्षिय अर्जुन झाक्री मगर निमार्णधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदिमा खसेका थिए ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली खोजिकार्यको लागि परिचालन भएको थियो । अर्का बेपत्ता झाक्रीको भने खोजीकार्य भईरहेको सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register