सभापति देउवाले गरे डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्वसदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा प्रभु बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार शोक विज्ञप्ति जारी गर्दै यही माघ २३ गते निधन भएका डा बुढाथोकीप्रति दुःख व्यक्त गरेका हुन् । उनले पार्टी […]

Feb 6, 2025 - 15:09
 0
सभापति देउवाले गरे डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्वसदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा प्रभु बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार शोक विज्ञप्ति जारी गर्दै यही माघ २३ गते निधन भएका डा बुढाथोकीप्रति दुःख व्यक्त गरेका हुन् । उनले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक बौद्धिक र शालीन व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

सभापति देउवाले बुढाथोकीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register