जनकपुर साहित्य महोत्सवले संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास छ – मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिला साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जनकपुर साहित्य महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । महोत्सवको छैटौँ संस्करणको उद्घाटन समारोहमा बिहीबार मुख्यमन्त्री सिंहले साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै वर्तमान युगमा साहित्य र कलालाई जीवन्त राख्न चुनौती भएको […]

Feb 7, 2025 - 00:36
 0
जनकपुर साहित्य महोत्सवले संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास छ – मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिला साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जनकपुर साहित्य महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

महोत्सवको छैटौँ संस्करणको उद्घाटन समारोहमा बिहीबार मुख्यमन्त्री सिंहले साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै वर्तमान युगमा साहित्य र कलालाई जीवन्त राख्न चुनौती भएको बताए ।

मुख्यमन्त्री सिंहले भने, ‘प्रतिभा र सिर्जनशीलताको मूल्याङ्कन शैक्षिक प्रमाणपत्रमा मात्र निर्भर हुँदैन ।’ उनले जनकपुर साहित्य महोत्सव जस्तो सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सबै क्षेत्रको सहयोग रहने विश्वास व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register