ट्रम्पलाई अदालतको साथ, सरकारी कर्मचारी घटाउने प्रक्रियालाई निरन्तरता दिन अनुमति, लाखौँ कर्मचारीको जागिर जाँदै !

काठमाडौँ । सरकारी कर्मचारी घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अदालतले समेत समर्थन जनाएको छ । सरकारी कर्मचारीको आकार घटाउने ट्रम्पको योजनामा समर्थन जनाउँदै संघीय अदालतले प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले २३ लाख सरकारी कर्मचारीलाई जागिरबाट हटाउने तयारी गरेको छ । यसको घोषणा अमेरिकाको ‘सरकारी दक्षता विभाग’का निर्देशन एलन […]

Feb 13, 2025 - 03:27
 0
ट्रम्पलाई अदालतको साथ, सरकारी कर्मचारी घटाउने प्रक्रियालाई निरन्तरता दिन अनुमति, लाखौँ कर्मचारीको जागिर जाँदै !

काठमाडौँ । सरकारी कर्मचारी घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अदालतले समेत समर्थन जनाएको छ । सरकारी कर्मचारीको आकार घटाउने ट्रम्पको योजनामा समर्थन जनाउँदै संघीय अदालतले प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले २३ लाख सरकारी कर्मचारीलाई जागिरबाट हटाउने तयारी गरेको छ । यसको घोषणा अमेरिकाको ‘सरकारी दक्षता विभाग’का निर्देशन एलन मस्कले गरेका थिए ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्प प्रशासनले सरकारी कर्मचारीहरुलाई राजिनामा दिन दबाबसहितको इमेल पठाएको थियो । जसमा हालसम्म करिब ६५ हजार भन्दा बढी कर्मचारीले इमेलको जवाफ फर्काएका छन् । उनीहरुले ट्रम्प प्रशासनको इमेल सन्देशमा सहमति जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इमेलमार्फत ट्रम्प प्रशासनले राजिनामा दिन दबाब दिएपछि अमेरिकाको कर्मचारी युनियन अदालत गएको थियो । तर, अदालतले ट्रम्प प्रशासनकै निर्णयमा सहमति जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register