‘बजेट उत्ताउलो र गैरजिम्मेवार छैन’ -रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उपसभापति वाग्लेले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रको आकार ६१ खर्बको अनुमान गरिएको उल्लेख गर्दै पाँच प्रतिशत […]

May 29, 2025 - 14:02
 0
‘बजेट उत्ताउलो र गैरजिम्मेवार छैन’ -रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रको आकार ६१ खर्बको अनुमान गरिएको उल्लेख गर्दै पाँच प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिलाई जोड्दा ६७ खर्बसम्म अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे । त्यस्तै, उनले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता भएको भएको समेत बताए ।

अगामी आर्थिक वर्ष समेत बजेट भाषणको बेला ठुलो आकारमा बजेट फुक्ने र मागमा गएर सुकाउने पुरानो रोगको शिकार हुने चिन्ता रहेको समेत उपसभापति वाग्लेको भनाइ छ ।

सरकारले ल्याएको बजेट उत्ताउलो नभएपनि १६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नरहेको उपसभापति वाग्लेको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register