सेयर बजारमा जेठ १५ को त्रासः सम्भावित ‘नेगेटिभ इभेन्ट’ सकिए, ‘अब बजार माथि जाला कि !’

काठमाडौँ । जेठ १५ गते अर्थात आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएसँगै सेयर बजारमा देखिएको त्रास पनि सकिएको छ ।  खासगरी बजेट प्रस्तुत हुने दिन नजिकिँदै गर्दा सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर १० प्रतिशत पुर्याउने सरकारको तयारीले लगानीकर्ता आत्तिएका थिए । यसो त बजेट प्रस्तुत हुने अन्तिम समयसम्म पनि सरकार पुँजीगत लाभकर बढाएर […]

May 29, 2025 - 14:08
 0
सेयर बजारमा जेठ १५ को त्रासः सम्भावित ‘नेगेटिभ इभेन्ट’ सकिए, ‘अब बजार माथि जाला कि !’

काठमाडौँ । जेठ १५ गते अर्थात आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएसँगै सेयर बजारमा देखिएको त्रास पनि सकिएको छ । 

खासगरी बजेट प्रस्तुत हुने दिन नजिकिँदै गर्दा सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर १० प्रतिशत पुर्याउने सरकारको तयारीले लगानीकर्ता आत्तिएका थिए । यसो त बजेट प्रस्तुत हुने अन्तिम समयसम्म पनि सरकार पुँजीगत लाभकर बढाएर १० प्रतिशत पुर्याउने तयारीमै थियो । 

तर, त्यसो हुँदा सेयर लगानीकर्ता बिच्किने र आन्दोलनमा उत्रिन सक्ने देखेपछि सरकार सो निर्णयबाट पछि हटेको अर्थमन्त्री निकट स्रोतको दाबी छ । भलै त्यसो नहुँदा सेयर लगानीकर्ता उत्साहित बनेका छन् । 

यसो त लामो समयदेखि साइडवेजमा चलेको सेयर बजारमा नयाँ गभर्नरको नियुक्ति लगायतका विषय यसअघि ठूलो ‘खड्को बनेको थियो । नयाँ गभर्नर नियुक्ति पछि पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा के आउला ? भन्ने त्रास लगानीकर्तामा थियो । तर, समीक्षामा पनि बजारलाई हानी गर्ने भन्दा राम्रै गर्ने विषय समावेश भएपछि लगानीकर्ता उत्साहित बनेका थिए । 

लगत्तै बजेटमा करको विषयले त्रसित भएका लगानीकर्ताको त्रास पनि अब टरेको छ । सरसर्ती हेर्दा अब सेयर बजारका लागि ‘नेगेटिभ इभेन्ट’ लगभग सकिएको छ । सबैकुरा बजारप्रति पोजेटिभ भएपछि अब लगानीकर्ता पनि बजारप्रति उत्साहित बनेका छन् । र अब बजार माथि नै जान्छ भन्नेमा ढुक्क भएका छन् । यसले बजारको मनोबल थप बढाउने र बजार वृद्धिमा बल पुग्ने सेयर लगानीकर्ताहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register