रातो मच्छिन्द्रनाथको रथ पुर्‍याइयो जावलाखेल (तस्वीरहरू)

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ बिहीबार अपराह्न ललितपुर महानगरपालिका–६ ईतिटोलबाट तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याइएको छ । यहाँ पुर्‍याएपश्चात् ४ दिनपछि भोटो जात्रा देखाउने गरिन्छ । रातो मच्छिन्द्रनाथको रथ यात्राको पहिलो दिन पुल्चोकबाट गाःबहालमा पुर्‍याइएको थियो । हरेक वर्ष रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ र असार शुक्ल चतुर्थीसम्म […]

May 29, 2025 - 17:02
 0
रातो मच्छिन्द्रनाथको रथ पुर्‍याइयो जावलाखेल (तस्वीरहरू)

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ बिहीबार अपराह्न ललितपुर महानगरपालिका–६ ईतिटोलबाट तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याइएको छ । यहाँ पुर्‍याएपश्चात् ४ दिनपछि भोटो जात्रा देखाउने गरिन्छ ।

रातो मच्छिन्द्रनाथको रथ यात्राको पहिलो दिन पुल्चोकबाट गाःबहालमा पुर्‍याइएको थियो ।

हरेक वर्ष रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ र असार शुक्ल चतुर्थीसम्म चल्छ ।

रातो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर उपत्यकाको सबैभन्दा भव्यता साथ मनाइने महत्त्वपूर्ण तथ लामो जात्राका रूपमा लिइन्छ ।

पौराणिक किंवदन्तीअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएका थिए ।

रथलाई गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेल लगिने गरिन्छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register