नारायणकाजी श्रेष्ठले गरे अध्यादेशको आलोचना

पाल्पा । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् । प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए । राजनीतिक अधिकार प्राप्त भए […]

Feb 8, 2025 - 09:57
 0
नारायणकाजी श्रेष्ठले गरे अध्यादेशको आलोचना

पाल्पा । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् ।

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए ।

राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेको उनको कथन छ ।

विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उनले बताए । केन्द्रले सदन र सडकबाट सशक्त ढङ्गले सरकारको खबरदारी गर्दै आएको श्रेष्ठले बताए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register