झापामा चार करोड ६५ लाखमा सशस्त्र प्रहरीको चार भवन निर्माण

बनियानी, २६ माघ । झापाको चार स्थानमा सशस्त्र प्रहरीको चार वटा भवन निर्माण भएको छ । सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा, बोडर आउट पोस्ट ज्यामिरगढी र बोडर आउट पोस्ट महेशपुरको भवन निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले [...] The post झापामा चार करोड ६५ लाखमा सशस्त्र प्रहरीको चार भवन निर्माण appeared first on Jhapa Online.

Feb 8, 2025 - 11:52
 0
झापामा चार करोड ६५ लाखमा सशस्त्र प्रहरीको चार भवन निर्माण

बनियानी, २६ माघ । झापाको चार स्थानमा सशस्त्र प्रहरीको चार वटा भवन निर्माण भएको छ ।

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा, बोडर आउट पोस्ट ज्यामिरगढी र बोडर आउट पोस्ट महेशपुरको भवन निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । चार वटा भवनको कूल लागत रू चार करोड ६५ लाख ५६ हजार छ सय ७४ रहेको छ ।

मेचीनगर–७ मा नौ कट्ठा दुई धुर जग्गा खरीद गरी रू एक करोड ३९ लाख ९ हजार चार सय २६ को लागतमा नयाँ भवन निर्माण गरिएको छ । यस अघि काँकडभिट्टामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित हिन्दु धर्म सनातन सेवा समितिको स्वामित्वमा रहेको विश्वनाथ शिवालय मन्दिरको धर्मशालाको भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

यसैगरी, भद्रपुर नगरपालिका–५ स्थित देवीबस्तीमा १० कट्ठा जग्गा खरीद गरी रू एक करोड ३१ लाख ३७ हजार तीन सय ३३ को लागतमा प्रस्तावित सुरक्षा गुल्म भद्रपुरको भवन निर्माण गरिएको छ ।

मेचीनगर–१५ स्थित लिम्बूडाँडामा एक बिगाह ऐलानी जग्गामा रू एक करोड १३ लाख ८१ हजार ४०३ रुपैयाँमा यहाँ नयाँ भवन निर्माण गरिएको छ । स्थानीयबासीले माग गरेपछि २०७७ मा स्थापना भएको बोर्डर आउट पोस्ट ज्यामिरगढी मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित बंशल चिया बगानको स्वामित्वमा रहेको जग्गा र भवनमा कार्यालय स्थापना गरिएको थियो ।

भद्रपुर नगरपालिका–३ मेचीपारीस्थित स्थानीय मायाराम महतो र कमलेश्वर महतोले ५ कट्ठा जमिन निःशुल्क उपलब्ध गराएपछि २०७७ फागुन ९ गतेदेखि बोर्डर आउट पोस्ट महेशपुर सञ्चालन हुँदै आइरहेकोमा सोही स्थानमा रू ८१ लाख २८ हजार पाँच सय १२ को लागतमा नयाँ भवन निर्माण गरिएको सशस्त्र प्रहरी प्रमुख राईले जानकारी दिनुभयो ।

The post झापामा चार करोड ६५ लाखमा सशस्त्र प्रहरीको चार भवन निर्माण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register