अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका-५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरे ।  यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए । त्यसैगरी, बेनी नगरपालिका-२ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । […]

Feb 9, 2025 - 10:30
 0
अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान
काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका-५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरे ।  यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए ।
त्यसैगरी, बेनी नगरपालिका-२ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । म्याग्दीका किसानले अम्रिसो प्रतिकेजी रु एक सय २५ का दरले बिक्री गर्दै आएका छन् । ‘गत वर्ष रु एक सय २५ मा बिक्री गर्यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ’, घिमिरेले भने ।
उनीहरु जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् ।
विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि रु एक सय २५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए ।
एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रति कुचो रु ७५ देखि रु एक सय सम्ममा बिक्री हुने उनको भनाइ छ । म्याग्दीमा प्रतिकिलो रु एक सय २५ मा खरिद गरेको अम्रिसो पोखरामा रु एकसय ६०, चितवनमा रु एक सय ९० र काठमाडौँंमा दुईसयमा बिक्री गर्ने गरेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register