गभर्नर नियुक्तिमा शेखर कोइरालाको शंका, भने, ‘बिचौलिया हाबी हुनु सरकार र देश दुवैका लागि दुर्भाग्य’

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर नियुक्तिमा चलखेलको शंका व्यक्त गरेका छन् । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि हुन लागेको नयाँ गभर्नरको नियुक्तिमा उनले चलखेलको शङ्का व्यक्त गरेका हुन ।  गभर्नर नियुक्तिमा बिचौलिया हाबी हुन लागेको भन्ने सुनको भन्दै उनले गभर्नर नियुक्तिमा चलखेल हुन नहुने बताएका छन् ।  नेता कोइरालाले यदि […]

Apr 6, 2025 - 10:12
 0
गभर्नर नियुक्तिमा शेखर कोइरालाको शंका, भने, ‘बिचौलिया हाबी हुनु सरकार र देश दुवैका लागि दुर्भाग्य’

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर नियुक्तिमा चलखेलको शंका व्यक्त गरेका छन् । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि हुन लागेको नयाँ गभर्नरको नियुक्तिमा उनले चलखेलको शङ्का व्यक्त गरेका हुन । 

गभर्नर नियुक्तिमा बिचौलिया हाबी हुन लागेको भन्ने सुनको भन्दै उनले गभर्नर नियुक्तिमा चलखेल हुन नहुने बताएका छन् । 

नेता कोइरालाले यदि गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको हल्ला सत्य भए, त्यो सरकारसँगै देशकै लागि दुर्भाग्य हुने बताएका छन् । गभर्नर नियुक्तिको विषयमा बिचौलिया हाबी हुने हल्ला सामान्य विषय नभएको भन्दै उनले त्यसप्रति चनाखो रहन सरकारलाई आग्रह समेत गरेका छन् । 

त्यस्तै, उनले गभर्नर संवेदनशील पदको नियुक्तिमा चलखेल गरेर मुलुकको अर्थतन्त्रमा खेलाँची नगर्न पनि सरकारलाई चेतावनी दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register