प्रहरीलाई हातपात गर्ने अनेरास्ववियुका क्याम्पस कमिटी उपाध्यक्षसहित दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिइएको छ । यही माघ २४ गते काठमाडौं महानगरपालिका– २६ ठमेलमा सम्झाई–बुझाई गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए । ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला […]

Feb 10, 2025 - 01:03
 0
प्रहरीलाई हातपात गर्ने अनेरास्ववियुका क्याम्पस कमिटी उपाध्यक्षसहित दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिइएको छ । यही माघ २४ गते काठमाडौं महानगरपालिका– २६ ठमेलमा सम्झाई–बुझाई गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरूले गस्तीमा रहेका प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।

पक्राउ परेका दुवैजना अमृत साइन्स क्याम्पसका विद्यार्थी हुन् । सिग्देल सत्तारुढ दल नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुका क्याम्पस कमिटी उपाध्यक्षसमेत हुन् ।

प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ ।

क्यूआरटी मोटरसाइकलमा रहेका प्रहरीहरू रघु घर्ती र नगेन्द्र विष्टलाई उनीहरूले कुटपिट गरेका थिए । कुटपिटपछि उनीहरू क्याम्पसको होस्टलमा गएर लुकेका थिए ।
कुटपिटमा पाँचजना संलग्न रहेकोमा तीनजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register